सुनसरीको दुहबीमा स्कुटर दुर्घटना: विराटनगरकी खगमाया खरेलको मृत्यु
दुहबी, सुनसरी – सुनसरीको दुहबीमा बुधबार दिउँसो भएको स्कुटर दुर्घटनामा परी विराटनगरकी एक महिलाको मृत्यु भएको छ।
कोशी राजमार्गअन्तर्गत दुहबी नगरपालिका–८, पशुपति खाद्य उद्योगअगाडि इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको प्रदेश १–०२–०६० प २१२३ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटनामा परेको हो।
उक्त दुर्घटनामा परी गम्भीर घाइते भएकी विराटनगर महानगरपालिका–३ की ४२ वर्षीया खगमाया खरेलको उपचारका क्रममा...











