एसिड आक्रमण गर्ने बिरुद्ध कडा कानून बनाउन सांसदहरुको माग
भदौ २० गते शुक्रबार बिहान विद्यालय जाँदै गर्दा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाकी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड आक्रमण भएको थियो । उनको अहिले काठमाण्डौस्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
सांसद महतोले महिलाको सुरक्षाका लागि थप संवेदनशील बन्दै दोषीलाई पक्राउ गरि कडा कारवाही गर्न पनि माग गरिन् । सांसद महतोले भनिन् “महिलाको सुरक्षाको लागि कडा कानुन ल्याउन आवश्यक छ । प्रदेश २ ...