विराटनगरमा प्रहरी सहित ३ जनामाथि छुरा प्रहार गर्ने नियन्त्रणमा
विराटनगर । विराटनगर महानगरपालिका–३ भट्टाचौक नजिक अनुकरण मार्गमा दुईजना प्रहरी र सुधारगृहका प्रमुख समेतलाई छुरा प्रहार गरेर घाईते बनाउने २९ वर्षीय रुबिण कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कार्कीलाई ललितपुर भैंसेपाटी स्थित साथीभाई सुधार गृह पठाउने तयारी गरिएअनुसार टोलि आएको थियो ।
त्यस क्रममा उनी कोठाभित्र पसेर बसेका थिए । उनले अन्यथा निर्णय लिन सक्ने संभावन देखिएपछि प्रहरीलाई बोलाइएको थियो...











