फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
काठमाडौं। यातायात व्यवस्था विभागले देशभरका अन्तर-प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दरमा वृद्धि गरेको छ। विभागले २०८० वैशाख १६ गतेदेखि लागू हुने गरी यात्रुवाहक र मालवाहक दुवै प्रकारका सवारी साधनको भाडा बढाउने निर्णय गरेको हो।
यो समायोजन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमति र विभागको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार गरिएको विभागले जनाएको छ। भाडा वृद्धिको मुख्य कारण...









