झापाबाट कौडा खेलिरहेका १३ जना पक्राउ
बिर्तामोड । झापाको हल्दिबारीबाट जुवा खेलिरहेको अवस्थामा झापा प्रहरीले १३ जनालाई नगदसहित नियन्त्रणमा लिएको छ । आइतवार राति २२ः३० बजेको समयमा हल्दिबारी –१ गोलधाप बजारका गजेन्द्र काङबाङको घरमा जुवाजन्य तास तथा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।जुवाको खालबाट नगद ८३ हजार २८५ रुपैयाँ, कौडा १६ थान, तास ४६९ थान, खाल १ थान, काठको फ्रेम १ थान, स्क्रिन टच ११ र किप्याड २ थान...