उड्डयन प्राधिकरण टुक्र्याए देशभरका सबै विमानस्थल नै ठप्प पार्ने धम्की
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियमनकारी र सेवाप्रदायी संस्थाका रुपमा विभाजन गर्न मन्त्रिपरिषद्मा दर्ता गरिएको विधेयक फिर्ता लिन त्यसका कर्मचारीले सरकारलाई अपिल गरेका छन् ।
प्राधिकरण विभाजनार्थ तयार गरिएको विधेयक फिर्ता नलिएमा युनियनले हस्ताक्षर अभियानदेखि आमरण तथा रिले अनसन, प्रधान कार्यालयमा तालाबन्दी, वार्षिकोत्सव समारोह बहिष्कार गर्ने तथा सम्पूर्ण विमानस्थलहरुको अपरेशन सेव...











