मलेशिया पुगेको दुई महिनामै यमबहादुर बयम्बुको मृत्यु

मलेशिया पुगेको दुई महिनामै यमबहादुर बयम्बुको मृत्यु
वैदेशिक रोजगारीका क्रममा मलेशिया पुगेको दुई महिनामै पाल्पा निस्दी गाउँपालिका–६ अर्चलेका यमबहादुर बयम्बुको मृत्यु भएको छ । अन्दाजी ४२ वर्षीय बयम्बुको यही कात्तिक २६ गते साँझ मलेशियामा मृत्यु भएको उनका आफन्त होम राई मगरले जानकारी दिनुभयो । काठमाडौँस्थित रिजा ओभरसिसमार्फत मलेशियाको जेराई सेक्युरिटी सर्भिसेस कम्पनीमा काम गर्न बयम्बु मलेशिया दुई महिना अघिमात्रै पुगेका थिए । मलेशिया पुगेदेखि नै बिराम...

गोली लागेर उदयपुरमा एक जनाको मृत्यु

उदयपुर — उदयपुर जिल्लाको कटारी नगरपालिका ११ गोठडाँडामा मंगलबार राति एक जनाको गोली लागेर मृत्यु भएको छ । गोलीको छर्रा लागेर स्थानीय ५० वर्षीय शंकर राउतको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केसीले बताए । सिकार खेल्न जाँदा भरुवा बन्दुक पड्किएर राउतलाई लागेको प्रहरीले अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

अब प्रधानमन्त्रीको उपचार अमेरिकामा

अब प्रधानमन्त्रीको उपचार अमेरिकामा
धानमन्त्री केपी शर्मा ओलीको मिर्गौला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने भएको छ । यसनिम्ति उनका निजी चिकित्सक डा. दिव्यसिंह शाह आवश्यक कागजातसहित २४ गते आईतबार टर्किस एयरको दिउँसो २ः४० को उडानबाट अमेरिका पुगेर परामर्शमा जुटेकी छिन् । विदेश मामिला सल्लाहकार डा राजन भट्टराई पनि नोभेम्बर १३ र १४ मा क्यापिटल हिलमा हुने एक कार्यक्रमका नाममा त्यतातिर लागे पनि दुवैको उद्देश्य प्रमको स्वास्थ्यबारे ...

नोबेलमा लगाएको कृत्रिम आँखा दुरुस्तै : बिरामी मख्ख, देख्ने छक्क

नोबेलमा लगाएको कृत्रिम आँखा दुरुस्तै : बिरामी मख्ख, देख्ने छक्क
बिराटनगर / बिराटनगरको घिनाघाटकी बबिता सरदार १६ बर्ष अघिदेखि एक आँखाको भरमा छिन् । पाँच बर्षकै उमेरमा देब्रे आँखा गुमाएकी उनले दाहिने आँखाले हेर्ने गर्छिन् । २१ बर्षीया सरदारलाई दुई आँखाले हेर्न नपाउँदाको समस्या जति छ, त्यत्तिनै एउटा आँखा नभएर अनुहारको स्वरुप बिग्रदाको पीडा थियो । तर, अहिले उनको यो पीडा हटेको छ । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा कृत्रिम आँखा लगाएपछि उनको अनुहारमा अहिले ...

अनसनरत डा. केसीले अनसन तोडेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखे

अनसनरत डा. केसीले अनसन तोडेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखे
काठमाडौं– डडेल्धुरामा ९ दिन अघिदेखि अनसनरत डा. केसीले अनसन तोडेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन् । भारतले नेपालको भूभागलाई आफ्नो नक्सामा पारेको तथा नेपाली सिमा मिचिएको विषयमा आफू निकै दुखी भएको भन्दै अनसन समेत तोडेको डा. केसीले बताएका छन् डा केसीले भारतीय प्रधानमन्त्री मोदीलाई पत्र लेख्दै नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारका लागि सत्याग्रहमा रहेको समयमा भारतल...

भारतको जोगवनीबाट पेस्तोल बोकेर आउँदै गरेको युवा पक्राउ

भारतको जोगवनीबाट पेस्तोल बोकेर आउँदै गरेको युवा पक्राउ
विराटनगर / विराटनगर महानगरपालिका–१५ रानीबाट प्रहरीले सोमबारराति कटुवा पेस्तोलसहित हतियार कारोबारीका भरियाको काम गर्ने युवालाई पक्राउ गरेको छ । भारतको जोगवनीबाट पेस्तोल बोकेर आउँदै गर्दा विराटनगर–५ त्रिमूर्ति चोकका २५ वर्षीय बिल नरसिंह भनिने दिपक गुरुङलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए । उनकाअनुसार पैदल हिंडिरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा गुरुङको साथ...

रौतहटको सिमावर्ती मठिया प्रहरी चौकीमा बम प्रहार गर्ने भारतको २५ बर्षीय चन्दन पक्राउ

रौतहटको सिमावर्ती मठिया प्रहरी चौकीमा बम प्रहार गर्ने भारतको  २५ बर्षीय चन्दन पक्राउ
रौतहट /  ईशनाथ नगरपालिका ४ नेपाल भारत सिमा क्षेत्रको मठियामास्थित प्रहरी चौकीमा भारतबाट आएका अपराधिक समुहले बम प्रहार गरेको थियो । बम प्रहार गर्ने समुहले बिआर ०५८६५०१ नम्बरको हिरो डिलक्स मोटरसाइकल चढेर आएको प्रहरीको भनाई छ । ती अपराधिक समुहले गरेको बम प्रहारबाट सेन्ट्री डिउटीमा रहेका प्रहरी जवान रन्जित यादव सामान्य घाइते भएका छन् । बमको छर्रा लागेर चौकी नजिक रहेको एउटा खसी मरेको छ। प्रहरीका...

रौतहटको मठिया प्रहरी चौकीमा विस्फोट, प्रहरी जवान घाइते

रौतहटको मठिया प्रहरी चौकीमा विस्फोट, प्रहरी जवान घाइते
 रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा विस्फोट भएको छ । मठिया प्रहरी चौकीमा कार्यरत एकजना प्रहरी कर्मचारीका अनुसार मंगलबार दिउँसो १४ बजेर ४० मिनेटमा प्रहरी चौकीमा विस्फोट भएको हो । विस्फोटबाट १ जना प्रहरी जवान घाइते भएका छन् । घाइतेको नाम भने सार्वजनिक गरिएको छैन । प्रहरीले बम विस्फोट पछि १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान भइर...

सवारी दुर्घटना एक जनाको मृत्यु एक जना घाईते

सवारी दुर्घटना एक जनाको मृत्यु एक जना घाईते
  सुनसरी / सुनसरीमा सवारी दुर्घटनामा परि एक जनाकाे मृत्यु भएकाे छ भने एक जना घाइते भएका छन् । कोशी गाउँपालिका-४ मा भएकाे दुर्घटनामा पृथ्वीनगर नगरपालिका-४ का २९ बर्षीय दिपेश मुखिया सुनुवारको मृत्यु भएकाे हाे । बिहान साँढे ९ बजेको समयमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको स १ झ २६८ नम्बरको गाडीले बिपरीत दिशाबाट आउँदै गरेको को ३० प ५३०१ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएक...

सवारी दुर्घटनामा एकको मृत्यु

काभ्रे- काभ्रेपलाञ्चोकको बनेपामा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । बनेपा नगरपालिका–१० जनागालस्थि अरनिको राजमार्गमा आज (मंगलबार) बिहान टिपर र बोलेरोले मोटरसाइकल च्यापिँदा एक जनाको मृत्यु हुनुका साथै एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईका अनुसार बा३ख ७०८७ नम्बरको टिपर र बा१०च २१५४ नम्बरको बोलेरोले च्यापिँदा अन...