ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
मोरङ / मोरङको पथरीशनिश्चरे नगरपालिका-३ मा आज दिउँसो ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । क्रबार दिउँसो सवा १२ बजे पथरी शनिश्चरे नगरपालिका-३ को भित्री सडकखण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ त २८३२ नम्बरको ट्याक्टरले बिपरीत दिशाबाट आउँदै गरेको को २६ प ४४६४ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक रतुवामाई नगरपालिका-१० का ४६ बर्षीय बिमल न्यौपाने घाईते भएका थिए । ...

नेपालीलाई दसैंमा घर फर्कन सास्ती

नेपालीलाई दसैंमा घर फर्कन सास्ती
काठमान्डाैं / राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दिल्ली–काठमाडौं उडान नियमित नहुँदा भारतबाट फर्कने नेपाललीले सास्ती बेहोर्नुपरेको छ । उपचारका लागि दिल्ली आएका नेपालीसँगै दसैं, तिहार र छठसम्म बिदा मनाउन घर फर्कने तयारीमा रहेकाहरुमा चिन्ता बढेकोे छ । निगमले दिल्ली–काठमाडौं दुई उडान गर्दै आएको थियो । बिहान एयर बसको न्यारो बडी र साँझ एयरबसकै वाइड बडी सञ्चालनमा थियो तर निगमका दुईवटा वाइडब...

चम्ल्याहाका बाबुआमालाई क्यामेराले घेरेपछि, प्रश्नको जवाफ दिँदादिँदै थकित

चम्ल्याहाका बाबुआमालाई क्यामेराले घेरेपछि, प्रश्नको जवाफ दिँदादिँदै थकित
काठमाडौँ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा बिहीबार क्यामेराले घेरिएका थिए पदमबहादुर शाही । त्यससँगै बर्सिरहेका प्रश्नको जवाफ दिँदादिँदा थकित भएझैं देखिन्थे । उनकी पत्नी खगित्राले बुधबार मात्र एकैपटक चार सन्तान जन्माएकी छन् तर पदम उति खुसी देखिँदैनन् । चारै सन्तान बाल सघन उपचार कक्ष ९एनआईसीयू० मा छन् । तिनको उपचार खर्चै कसरी धान्ने भन्ने चिन्ता छ उनलाई । ‘बच्चाहरूको उपचारमै लाखौं खर...

हामी बिचार निर्यात गर्दैनौं : चीन

हामी बिचार निर्यात गर्दैनौं : चीन
काठमान्डाैं / चीनले आफ्नो मुलुकले कुनै पनि विचारधारा निर्यात नगर्ने स्पष्ट पारेको छ । नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच राजधानीमा भएको ‘विचारधारात्मक छलफल’ लाई लिएर विभिन्न टिप्पणी हुन थालेपछि चीनले यस्तो स्पष्टीकरण दिएको हो । ‘चीन आफ्नो विचार निर्यात गर्ने मुलुक होइन,’ चिनियाँ राजदूत होऊ यान्छीले भनिन्, ‘हामीले पहिले पनि अन्य मुलुकमा विचार निर्यात गर्दैनथ्यौं । आगामी दिनमा पनि गर्दैनौं ।’ ...

अमेरिकी राजदूत सक्रिय, भेटे देउवा र नेपाललाई

अमेरिकी राजदूत सक्रिय, भेटे देउवा र नेपाललाई
काठमान्डाैं / नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच ‘भाइचारा’ बनेसँगै नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरी राजनीतिक भेटघाटमा सक्रिय भएका छन् । उनले बिहीबार प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग भेट गरेका छन् । त्यस क्रममा राजदूत बेरीले पछिल्लो राजनीतिक घटनाबारे छलफल गरेका छन् । देउवासँग भएको भेटमा राजदूत बेरीले ने...

दसैंका यात्रुले पाएनन् टिकट

दसैंका यात्रुले पाएनन् टिकट
काठमान्डाैं / दसैं नजिकिँदै जाँदा यात्रुले टिकट नपाएको गुनासो गरेका छन् । दसैंको मुखमा घर जाने तयारीमा रहेका यात्रु टिकट नपाउँदा निराश छन् । पूर्व, पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिम सबैतिरका यात्रुले टिकट काट्न जाँदा बुक भइसकेको सूचना पाउने गरेको बताए । काठमाडौंबाट नजिक रहेका जिल्लाहरुका लागि भने शुक्रबारबाट टिकट बुकिङ खुल्दै छ । पोखरा जाने यात्रुले सुन्धरा र नयाँ बसपार्कबाट टिकट लिन पाउनेछन् । ...

बढी शुल्क लिने कलेज सञ्चालकको धम्की ‘मन्त्री नै हटाइदिन्छौं’

बढी शुल्क लिने कलेज सञ्चालकको धम्की ‘मन्त्री नै हटाइदिन्छौं’
काठमान्डाैं / निजी मेडिकल कलेज सञ्चालकहरूले आफूहरूले हाकाहाकी सरकारले तोकेको भन्दा प्रतिव्यक्ति ७ लाख रुपियाँ बढी शुल्क लिएको स्विकारेका छन्। यतिमात्र हैन उनीहरूले शुल्क फिर्ता गर्न बाध्य पारे शिक्षामन्त्री नै हटाइदिने धम्की दिएका छन्। रिपोटर्स क्लबमा बिहीबार आयोजित अन्तरक्रियामा निजी मेडिकल कलेजहरूको सचिवसमेत रहेका नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्माले सरकारले ४२ लाख ४५ हजार शुल्क तोके...

वडाध्यक्षलाई नै छोइछिटो, छुट्टै गिलासमा पानी

वडाध्यक्षलाई नै छोइछिटो, छुट्टै गिलासमा पानी
काठमान्डाैं / गुलरिया नगरपालिका ९ का हरिप्रसाद पासीले भोगेका छुवाछुतका घटना अनगिन्ती छन् । दुई वर्ष अघि वडाअध्यक्षमा निर्वाचित भएपछि भने उनले छुवाछुतबाट उन्मुक्ति पाइयो भन्ठानेका थिए । ‘तर सार्वजनिक स्थलको विभेदमा कमी आयो, घरमा छोइछिटो गरिरहेका छन्’ उनले सुनाए । वडाअध्यक्ष पासीका अनुसार कथित उपल्लो जातीका घरमा पानी पिउनुप¥यो भने उनलाई छुट्टै गिलास दिइन्छ । ‘मधेसी समाजमा यस्तो भेदभाव बढी छ,’...

मन्त्री र सचिवको कामप्रति असन्तुष्ट प्रधानमन्त्रीले भने, तपाईंहरू किन चल्ते चलाते जस्तो ?

मन्त्री र सचिवको कामप्रति असन्तुष्ट प्रधानमन्त्रीले भने, तपाईंहरू किन चल्ते चलाते जस्तो ?
काठमान्डाैं / प्रधानमन्त्री केपी शर्मा ओली अधिकांश मन्त्री र सचिवको कामप्रति असन्तुष्ट देखिएका छन् । उनले अधिकांशको काम ‘चल्ते चलाते’ जस्तो देखिएको भन्दै ‘हाई स्पिड’का साथ काम गर्न मन्त्री र सचिवलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बिहीबार सबै मन्त्रालयका मन्त्री र सचिवसँग गरेको समीक्षा बैठक र अनलाइन मोनिटरिङ व्रिफ्रिङ कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले ल...

मोरङका ईटा उद्योग भित्रै पढ्छन् मजदुरका छोराछोरी, दवावमा काममा लगाउन नपाईने

मोरङका ईटा उद्योग भित्रै पढ्छन् मजदुरका छोराछोरी, दवावमा काममा लगाउन नपाईने
विराटनगर । मोरङका बिभिन्न ईटा उद्योगमा कार्यरत मजदुरका छोराछोरीलाई लक्षित गरी उद्योगभित्रै प्रारम्भिक बालविकास तथा शिक्षा केन्द्र सञ्चालनमा ल्याइएको छ । केन्द्रमा १ सय ९२ जना बालबालिका अध्ययनरत छन् ।सुरक्षित वातावरणमा सिक्ने, खेल्ने र खाजाको सुविधा पाएपछि मजदुरका बालबालिका केन्द्रसम्म आउने र पठा पाठनमा सक्रिय भएका हुन् । बाल विकास केन्द्रका बालबालिकालाई शैक्षिक सामग्रीसमेत वितरण गर्न...