सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?
नेपाली बजारमा साताको तेस्रो कारोबार दिन आज (मंगलबार) सुनको मूल्य घटेको छ । सोमबार छापावाला सुन १ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा १०० रुपैयाँ घटेको हो । यस दिन छापावाला सुन प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले उल्लेख गरेको छ । तेजाबी सुनको मूल्य पनि १०० रुपैयाँले घटेर प्रतितोला १ लाख ४५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यो दिन...

काेशी सरकार : कांग्रेस भित्र जाे पनि मन्त्री बन्न इच्छुक , क कसकाे नाम दिने ?

काेशी सरकार : कांग्रेस भित्र जाे पनि मन्त्री बन्न इच्छुक , क कसकाे नाम दिने ?
 नेपाली कांग्रेसलाई कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्री छान्न सकस परेको छ ।आकांक्षी धेरै भएपछि काँग्रेसले मन्त्री छनौटको मापदण्ड बनाएको छ । विराटनगरमा बसेको कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम छान्न नसकेपछि जातीयता, लैङ्गिकता, भौगोलिकता र कार्यक्षमताका आधारमा मन्त्री छान्न केन्द्रलाई सिफारिस गरेको छ । चार मन्त्री र २ राज्यमन्त्री भागमा पाएको कांग्...

ट्रकको ठक्करबाट व्यापारीको मृत्यु, पूर्व-पश्चिम राजमार्ग बन्द

ट्रकको ठक्करबाट व्यापारीको मृत्यु, पूर्व-पश्चिम राजमार्ग बन्द
दाङमा  ट्रकको ठक्करबाट एक व्यापारीको मृत्यु भएको छ । मंगलबार  पश्चिमबाट पूर्वतर्फ गइरहेको सु. प. प्र ००१६ ख २७७९ नम्बरको ट्रकले लमही-भालुवाङ सडक खण्डको भालुवाङ पुल्चोकको तिनकुने चोकमा स्थानीय फलफूल व्यवसायी लोकप्रकाश भट्टराईको ट्रकको ठक्करबाट मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोकमा फलफूलको व्यापार गर्दै आएका ५० वर्षीय भट्टराईलाई बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिएको थियो...

झापामा बाबुको क्रिया गर्दागर्दै छोराको निधन

झापामा बाबुको क्रिया गर्दागर्दै छोराको निधन
झापाको शिवसताक्षी नगरपालिका वडा नंम्बर ११ प्रणामी मन्दिर उत्तर निवासी ४५ वर्षीय गणेश घिमिरेको बुबाको क्रिया गर्दा गर्दै निधन भएको छ । सडक दुर्घटनामा परी बुबा दिलबहादुर घिमिरेको गएको श्रावण ७ गते उपचारको क्रममा मृत्यु भएको थियो । उनको ८ औं दिनको काम गर्दा गर्दै जेठा छोरा गणेश घिमिरेको निधन भएको पारिवारले जनाएको छ । काजक्रिया बसिरहेको अवस्थामा घिमिरेलाई अचानक पेट दुखेर उपचारका लागि आइतबार टिचिङ अस्...

आज खीर खाएर साउन १५ मनाइँदै

आज खीर खाएर साउन १५ मनाइँदै
 आज साउन १५, खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने चलन छ । दूधमा मरमसला लगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने बताइ...

साइप्रसमा दुई नेपालीमाथि छुरा प्रहार

साइप्रसमा दुई नेपालीमाथि छुरा प्रहार
साइप्रसको लिमाजोलको आइओस क्षेत्रमा दुई नेपाली युवकमाथि छुरा प्रहार गरिएको छ । उनीहरूमध्ये एकजना ३३ वर्षीय र अर्का २५ वर्षीय युवक भएको जनाइएको छ । उनीहरू आइतबार (आज) बिहान घाइते अवस्थामा फेला परेका हुन् । स्थानीय सिटी सीआईडीले घटनाको अध्ययन गरिरहेको छ ।घाइतेमध्ये एकजनाको अवस्था चिन्ताजनक छ । लिमाजोल जनरल अस्पतालको इन्टेन्सिभ केयर युनिटमा उनको उपचार भइरहेको छ । आक्रमणकारीको पहिचान हुन नसकेको र अधि...

एटीएम तोडफोड गर्ने युवक पक्राउ

एटीएम तोडफोड गर्ने युवक पक्राउ
काठमाडौंको बालाजुमा रहेको माछापुच्छ्रे बैंकको एटीएम तोडफोड गर्ने युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा रौतहट यमुनामाई गाउँपालिका-१ घर भई हाल काठमाडौंको कलंकी बस्ने १८ वर्षीय राधेश्याम बैठा रहेका छन्। प्रहरी टोलीले एटीएम फुटाउँदै गर्दा उनलाई फलामको रडसहित फेला पारेको थियो। पक्राउ परेका उनलाई प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको छ।

नुहाउने क्रममा नहरले बगाएर एक वृद्धको मृत्यु

नुहाउने क्रममा नहरले बगाएर एक वृद्धको मृत्यु
मोरङको बूढीगंगा गाउँपालिका ७ मा नुहाउने क्रममा नहरले बगाएर एक जना वृद्धको मृत्यु भएको छ । सुनसरी–मोरङ सिँचाई आयोजनाको नहरले बगाएर ७० वर्षीय साजुलाल चौधरीको मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार नुहाउने क्रममा वृद्धलाई शनिबार दिउँसो ३ः३० बजेतिर नहरले बगाएको थियो ।खोजी गर्ने क्रममा घटनास्थलबाट सय मिटरजति तल शव फेला परेको जानकारी उनले दिए । घटनाबारे थप अनुस...

खोलामा डुबेर दुई किशोरीको मृत्यु

खोलामा डुबेर दुई किशोरीको मृत्यु
दैलेख महावु गाउँपालिका-३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा १४ वर्षीया भावना बुढा र १६ वर्षीया सपनाकुमारी बुढाको ज्यान गएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिनुभयो । बाख्रा चराउन गएका उनीहरूको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो ।

देशभर १० जनामा हैजा सङ्क्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव

देशभर १० जनामा हैजा सङ्क्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव
स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ । ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले जानकारी दिए। उनले हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महत्वपूर्ण रहेको बताए। उनले भने,  'हैजाको सम्बन्ध सरसफाइबाहेक खानेपानीको ...