राष्ट्रिय सभा : निर्वाचन भएका १८ मध्ये १६ मा नेकपा र २ सिटमा राजपा विजयी
राष्ट्रिय सभाको निर्वाचन भएका १८ सिट मध्ये १६ वटामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा विजयी भएको छ। प्रदेश- २ बाट २ सिटमा मधेश केन्द्रीत दल राष्ट्रिय जनता पार्टी नेपालले जित हात पारेको छ। प्रदेश-२ मा नेकपा र राजपाले तालमेल गरेका थिए।
निर्वाचन भएका सात वटा प्रदेश मध्ये ६ वटा प्रदेशमा नेकपाले एकलौटी जित हात पारेको छ। प्रदेश-२ मा नेकपाले राजपासँगको तालमेलका कारण दुई सिट हात पार्न सफल भएको छ। ...











