विदाको दिन सरकारी गाडीको चरम दुरुपयोग,पक्राउ गर्दै ट्राफिक प्रहरी
विराटनगर/ सार्वजनिक बिदाको दिन सरकारी कर्मचारीले सरकारी सवारीसाधन दुरूपयोग गर्ने गरेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले शनिबार बिदाको दिन विराटनगर महानगरपालिकाबाट चेकजाँचको क्रममा सरकारी नम्बर प्लेटका सवारी साधन नियन्त्रणमा लिएपछि यस्तो खुलेको हो ।
पछिल्लो समय सरकारी सवारीको दुरुपयोग बढ्दै गएको छ । सरकारी कर्मचारीले आफ्नो निजी प्रयोगका लागि समेत सरकारी सवारी साधन प्रयोग गर्ने गर...











