प्रधानमन्त्री ओलीले लिए शपथ
प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।
राष्ट्रपति पौडेलले आइतबार अपराह्न ओलीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन्। संविधानको धारा ७६ (२) मा ‘उपधारा १ बमोजिम प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत न...