विद्यार्थी तार्न विद्यालयले बनायो काठेपुल

विद्यार्थी तार्न विद्यालयले बनायो काठेपुल
पालुङटार नगरपालिका– ९ सेरास्थित त्रिवेणी माध्यमिक विद्यालयले विद्यार्थी आवत्जावत गर्न सहज गराउने उद्देश्यले खोलामा काठेपुल निर्माण गरेको छ। स्थानीय चुक्ती खोला र खहरे खोलामा काठेपुल बनाएर विद्यार्थीलाई आवत्जावत गर्न सहज बनाएको प्रधानाध्यापक गणेश सेढाईँले जानकारी दिए। ‘चुक्ती खोलामा बाढी आएपछि कुवापानी, पिप्लेबगैँचा, अम्बोटे रिपथोक, डाँडास्वाँरा, भोर्ले, माथिल्लो सेरालगायतका धेरै टोलका विद्यार्थी र...

श्रीमतीको हत्या गरी श्रीमान फरार

श्रीमतीको हत्या गरी श्रीमान फरार
रुकुम पूर्वमा श्रीमानले आफ्नै श्रीमतीको घाँटी रेटेर हत्या गरेका छन् । भूमे गाउँपालिका-६ तमारीका २७ वर्षका दामे भनिने जीवन ओलीले आफ्नै श्रीमती २५ वर्षकी अप्सरा ओलीलाई खुकुरीले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरी भट्टराईले जानकारी दिएका छन्। ओलीले शुक्रबार राती श्रीमतीको घाँटी रेटेर हत्या गरी घरदेखि सय मिटरको दुरीमा रहेको खोल्सामा फा...

सिमलताल पहिरोः बगेका बसका पाँचजनाको शव भेटियो

सिमलताल पहिरोः बगेका बसका पाँचजनाको शव भेटियो
गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार  सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो । भेटिएका मध्ये  दुईजनाक...

सिमलताल पहिरोः लोकसेवा परीक्षा दिन हिँडेका दुई स्वास्थ्यकर्मी पनि त्रिशुलीमै हराए

सिमलताल पहिरोः लोकसेवा परीक्षा दिन हिँडेका दुई स्वास्थ्यकर्मी पनि त्रिशुलीमै हराए
नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोसँगै त्रिशुलीमा बस खस्दा दुईजना स्वास्थ्यकर्मी पनि हराइरहेको खुलेको छ। पहिरोसँगै त्रिशुलीमा दुई वटा बस खसेको थियो। त्रिशुलीमा खसेको बस र त्यसमा सवार यात्रुहरु भेटिएका छैनन्। बसमा सवारमध्ये तीन जना भने हाम फालेर ज्यान जोगाउन सफल भएका छन्। दुईवटा बसमध्ये वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बसमा सवार दुई जना स्वास्थ्यकर्मी समेत रहेको पर्साक...

विराटनगर महानगरले डेंगु नियन्त्रणको अभियानलाई व्यापक बनाउँदै

विराटनगर महानगरले डेंगु नियन्त्रणको अभियानलाई व्यापक बनाउँदै
विराटनगर महानगरपालिकाले डेंगुको संक्रमण नियन्त्रणका लागि विभिन्न अभियान सञ्चालन गरेको छ । महानगरले ‘खोज र नष्ट गर’ अभियान १९ वटै वडामा जारी राखेको छ । डेंगु नियन्त्रणको अभियानलाई थप प्रभावकारी बनाउन महानगर प्रहरी र सफाई कर्मचारीहरुलाई तालिम दिएको छ । महानगरको स्वास्थ्य महाशाखाको आयोजनामा शुक्रबार उनीहरुलाई एकदिने अभिमुखीकरण तालिम दिएको हो । डेंगुको संक्रमण कसरी हुन्छ, डेंगुलाई कसरी नियन्त्रण...

हनी ट्रयापमा पारी एक करोड बार्गेनिङ, दुई जना पक्राउ

हनी ट्रयापमा पारी एक करोड बार्गेनिङ, दुई जना पक्राउ
हनी ट्रयापमा पारी एक करोड बार्गेनिङ गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-७ घर भई काठमाडौंको बौद्ध बस्ने २० वर्षीया सिर्जना तामाङ र जुगल गाउँपालिका-५ घर भई काठमाडौंको मुलपानी बस्ने २९ वर्षीय लिला बहादुर तामाङ रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार लिलाले पीडितको फेसबुक आईडी सिर्जनाको ह्वाट्सएपमा पठाई साथी बन्न लगाएका थिए। फेसबुक ...

कास्की पहिरो : मृतक पाँचजनाको सामूहिक दाहसंस्कार

कास्की पहिरो  : मृतक पाँचजनाको सामूहिक दाहसंस्कार
कास्कीको पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटमा गए रातिको पहिरोमा परेर मृत्यु भएका सातमध्ये पाँचजनाको सामूहिक दाहसंस्कार गरिएको छ । पुरुनचौरका कुलबहादुर परियारको घर गए रातिको पहिरोमा पुरिँदा उनको परिवारका छसहित सातजनाको मृत्यु भएको थियो । मृतकमध्ये पाँचजनाको आज साँझ माछापुच्छ्रे गाउँपालिका–२ स्थित सेती नदीको चिन्तेबगर घाटमा सामूहिक दाससंस्कार गरिएको स्थानीयवासी किशोरप्रसाद गौतमले जानकारी दिए...

गुम्बाको पर्खाल ढल्दा एक बालिकाको मृत्यु, पाँच बालबालिका घाइते

गुम्बाको पर्खाल ढल्दा एक बालिकाको मृत्यु, पाँच बालबालिका घाइते
काठमाडौंको दक्षिणकाली नगरपालिका–५ डोल्लुस्थित कर्मास्यामदेलिङ नुनुरी आनी गुम्बाको कम्पाउन्ड पर्खाल भत्कँदा एक बालिकाको ज्यान गएको छ। घटनामा परी पाँचजना घाइते भएका छन्। सिन्धुपाल्चोकी पाँच वर्षीया पल्जोम तामाङको मनमोहन स्मृति अस्पताल फर्पिङमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका काभ्रेपलान्चोकका पासाङ डोल्मा तामाङ (वर्ष १२) र स्याङबो शर्पा (वर्ष ११), मक...

चालकको टाउकामा ढुंगा बज्रिँदा पनि ब्रेक लगाउन भ्याउँदा जोगियो ३० जनाभन्दा बढीको ज्यान

चालकको टाउकामा ढुंगा बज्रिँदा पनि ब्रेक लगाउन भ्याउँदा जोगियो ३० जनाभन्दा बढीको ज्यान
निरन्तर वर्षाका बीच लु२ख ६५६६ नम्बरको बस बिहीबार राति रुपन्देहीको बुटवलबाट ३० जनाभन्दा बढी यात्रु लिएर काठमाडौँका लागि प्रस्थान गर्‍यो। बसमा चालक थिए- नवलपरासीको सुनवल नगरपालिका-४ घर भएका ३६ वर्षीय मेघराज विक। बस शुक्रबार (आज) बिहान ३ बजेतिर नारायणगढ-मुग्लिन सडकमा गुड्दै थियो। उक्त सडकअन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ स्थित १७ किलो भन्ने स्थानमा माथिबाट सडकमा लेदोमाटो झरिरहेको थिय...

२४८ किसानलाई दुग्ध उत्पादनमा १९ लाख अनुदान

२४८ किसानलाई दुग्ध उत्पादनमा १९ लाख अनुदान
सिन्धुलीका व्यावसायिक दुग्ध उत्पादन गर्ने किसानलाई १९ लाख रुपैयाँ बढी अनुदान प्रदान गरिएको छ। जिल्लाको कमलामाई नगरपालिका र गोलन्जोर गाउँपालिकाले व्यावासयिक रूपमा दूध उत्पादन गरी बिक्री गर्ने २ सय ४८ जना किसानलाई १९ लाख १२ हजार २ सय ३४ रुपैयाँ ४ पैसा अनुदान प्रदान गरेका हुन्। कमलामाई नगरपालिकाले वडा नम्बर ३ का १ सय ५० जना किसानहरूलाई ७ लाख १२ हजार ८ सय १८ रुपैयाँ र गोलन्जोर गाउँपालिकाले ९८ जना क...