सभामुख निर्वाचनको प्रक्रिया सुरु गर्न कांग्रेसको माग
काठमाडौं, / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको ६ माघमा बस्ने बैठकलाई नियमित गरी सभामुख निर्वाचनको प्रक्रिया सुरु गर्न माग गरेको छ ।
कांग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकले ४ पुसबाट प्रारम्भ गर्न आह्वान गरिएको संसद् अधिवेशन लगभग एक महिना बितिसक्दा पनि सभामुखको रिक्त पदको निर्वाचनलाई कारण देखाएर प्रतिनिधिसभा बैठक अवरुद्ध भइरहनु सत्तारुढ दलको कमजोरीको भएको आरोप लगाएको छ ।
...











