गुण्डा र तस्कर बिरुद्ध बेलबारीका ईन्स्पेक्टर आक्रामक

गुण्डा र तस्कर बिरुद्ध बेलबारीका ईन्स्पेक्टर आक्रामक
बेलबारी / तस्कर र गुण्डा बिरुद्ध आफु आक्रामक रुपमा प्रस्तुत हुने र कुनैपनि हालतमा नछोडने ईन्स्पेक्टर गुणराज बुढाथोकीले बताएका छन । ईलाका प्रहरी कार्यलय बेलबारीमा प्रमुख भएर आएको ११ औँ दिनमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी बुधबार बिहान उनले यस्तो प्रतिबद्धता जनाएका हुन । आफु प्रमुख भएर आएको ११ औँ दिन सम्ममा लेटाङ र केराबारीका खोलाहरुमा अबैध तस्करीमा संलग्न आधा दर्जन बढी ब्यत्ति र ट्रयाक्...

राष्ट्रियसभालाई मिडिया काउन्सिल विधेयक सच्याउन पत्रकार महासंघको आग्रह

राष्ट्रियसभालाई मिडिया काउन्सिल विधेयक सच्याउन पत्रकार महासंघको आग्रह
काठमाडौं– नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले तिनवटै तहका सरकारसँग प्रेस स्वतन्त्रताको रक्षा गर्न आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघले बुधबार काठमाडौंमा गरेको मिडिया र राष्ट्रिय सभाबीचको अन्तरसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको उल्लेख गरेको बताउँदै सोहीअनुसार प्रेस कानून बन्नुपर्ने उल्लेख गरे । उनले संविधानका साथै प...

राज्यव्यवस्था समितिका नेकपा सांसदहरुसँग ओली र प्रचण्डको गोप्य परामर्श

राज्यव्यवस्था समितिका नेकपा सांसदहरुसँग ओली र प्रचण्डको गोप्य परामर्श
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाका तर्फबाट प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुसाशन समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुसँग परामर्श गरेका छन्। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान करिब दुई घण्टा चलेको थियो। सरकारका तर्फबाट आउने महत्वपूर्ण विधेयकहरु राज्यव्यवस्था समितिमै जाने र त्यहाँ सत्तापक्षीय सांसदहरुब...

कानुन निर्माणमा दुई नयाँ सुधार

कानुन निर्माणमा दुई नयाँ सुधार
राष्ट्रिय सभाले कानुन निर्माणमा दुई नयाँ सुधार प्रारम्भ गरेको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले खेलकुद विधेयकमार्फत् विधि निर्माणमा सुधार थालेको हो। सरकारले राष्ट्रिय सभामा खेलकुद विधेयक ल्याउँदा तुरून्तै लागु हुने प्रावधान राखेर ल्याएको थियो। सामान्यत: राष्ट्रपतिबाट प्रमाणिकरण भएलगत्तै कानुन लागु हुने प्रावधान रहने गरेको छ। समितिले यस्तो प्रावधानमा संशोधनको सुरुआत गरेको छ।...

बालिका बलात्कारगरि लजमा छोडेर फरार अभियुक्त पक्राउ

बालिका बलात्कारगरि लजमा छोडेर फरार अभियुक्त पक्राउ
सप्तरी / एक बालिका बलात्कार गरी बेपत्ता भएको आरोप लागेका सप्तरीको शम्भुनाथ नगरपािलका–२ कुशहाका ४० वर्षीय मो समिर अख्तर पक्राउ परेका छन् । पीडित १४ वर्षीया बालिकाका बुवाले समिरसमेत विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०७५ चैत ११ गते उजुरी दर्ता गराए थिए । बेपत्ता समिरलाई घरबाटै गिरफ्तार गरेर आज अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अर्का आरोपित ३० वर्षीय अनवारुल म...

मुख्यमन्त्री कार्यालय अगाडि आदिवासी जातजातिको धर्ना

मुख्यमन्त्री कार्यालय अगाडि आदिवासी जातजातिको धर्ना
विराटनगर / अरक्षण बचाउ आन्दोलन गरिहेको नेपाल आदिवासी जनजाति महासंघले बुधबार प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्ना दिएको छ । चरणवद्ध आन्दोलन गर्दै आएको संघले २ घण्टा धर्ना दिएको हो । आफ्नो जातिय पोशाकमा उपस्थित भएका आदिवासी जनजातिले विराटनगरको रोड शेष चोकदेखि मुख्यमन्त्री कार्यालयसम्म ¥याली गरेका थिए । धर्नामा आदिवासीको रुपमा पहिचान गरिएको विभिन्न जातजातिको सहभाग...

मुख्यमन्त्री शहिलाई लक्षित बम विष्फोट

मुख्यमन्त्री शहिलाई लक्षित बम विष्फोट
कालिकोट / कालिकोट जिल्लाको पचालझरना गाउपालिकाको विशेष गाउँसभा उद्घाटन गर्न पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित गरि बम विष्फोट भएको छ । विप्लप समुहका कार्यकर्ताले बम विष्फोट गरेको प्रहरीले जनाएको छ । घटनाको वारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । कार्यक्रम स्थलभन्दा २०० मिटर पर दुईवटा बम बिष्फोट भएको थियो । बम विष्फोटमा मानवीय क्षति भएको भने नभएकाे प्रहरील...

बेबारिसे युवाको उपचारमा समस्या

बेबारिसे युवाको उपचारमा समस्या
विराटनगर / विराटनगरको कोसी अस्पतालमा एक साता अघि आएका एक बेबारिसे युवाको उपचारमा समस्या भएको छ । देब्रे खुट्टामा घाउ बोकेर अन्दाजी ३५ वर्ष जतिका युवा आएका थिए । तर अहिले त्यही घाउका कारण घुँडादेखि तलको भाग कुहिएको छ । जसका कारण अस्पतालको इमरजेन्सी कक्ष वरपर दुर्गन्ध फैलिएको छ । दुर्गन्धका कारण उपचारका लागि जाने बिरामी, अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी पनि समस्यामा परेका छन् । उनको परिचय ख...

ड्युटीमा लापरबाही गर्ने तीन प्रहरी कारबाहीमा

ड्युटीमा लापरबाही गर्ने तीन प्रहरी कारबाहीमा
विराटनगर / ड्युटीमा लापरबाही गरेको आरोपमा इलाका प्रहरी कार्यालय रानीमा कार्यरत तीन प्रहरीमाथि कारबाही सुरु गरिएको छ । प्रहरी सहायक निरीक्षक (असई) प्रदीप थापा, हवल्दार धिरेन्द्र मधुवन र जवान सन्तोश तामाङमाथि एकै पटक कारबाहीको प्रक्रिया अघि बढाइएको हो । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीको निर्देशनमा जिल्ला प्रहरी कार्यालयमा तानेर कारबाही अघि बढाउन उनीहरुमाथि आवश्यक अनुसन्धान र छानबिन सुरु गरिएको...

मापसे गरेर चलाइएको मोटरसाइकलले ठक्कर दिँदा प्रहरी घाइते

मापसे गरेर चलाइएको मोटरसाइकलले ठक्कर दिँदा प्रहरी घाइते
विराटनगर /  चालकले मादक पदार्थ सेवन (मापसे) गरेर चलाएको मोटरसाइकलले ठक्कर दिंदा विराटनगरमा मंगलबार प्रहरी जवान अमितकुमार मण्डल घाइते भएका छन् ।  उनी वडा प्रहरी कार्यालय विराटनगरमा कार्यरत छन् । टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेका उनको विराट नर्सिङ होममा उपचार भइरहेको छ । विराटनगर महानगरपालिका–४ कञ्चनबारीमा चेकजाँचमा खटिएका मण्डललाई को ३५ प ४०८७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्...