विराटनगरलाई एजुकेसन हब बनाउने अभियानमा ‘मार्टर्स मेमोरियल’, सिएम श्रेष्ठ प्रिन्सिपल नियुक्त
विराटनगर / विराटनगरस्थित Martyrs Memorial College को प्रिन्सिपलमा शिक्षासेवी सिएम श्रेष्ठ पदस्थापित भएका छन्। दुई दशकभन्दा लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय श्रेष्ठलाई Martyrs Memorial Foundation ले कलेजको नेतृत्व जिम्मेवारी प्रदान गरेको हो। आज आयोजित विशेष समारोहबीच उनलाई औपचारिक रूपमा पदस्थापन गरिएको छ।
विराटनगर–१०, निलसदन दक्षिणमा अत्याधुनिक भौतिक पूर्वाधारसहित सञ्चालनमा आउन लागेको कलेजले...











