श्रीलंकामा तूफानपछि आएको बाढीपहिरोमा कम्तिमा १३२ जनाको मृत्यु भएको छ भने १७६ जना बेपत्ता छन्।राष्ट्रपति अनुरा कुमारा दिशानायकेले आपतकाल घोषणा गरी अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेका छन् भने विदेशमा रहेका नागरिकहरुलाई स्वदेश रकम पठाउन आह्वान गरेका छन् ।
अधिकारीहरूका अनुसार श्रीलंकाको एक तिहाइ भूभागमा न त बत्ती छ, न त पानीको धारा चलिरहेको छ, किनकि विद्युत् लाइनहरू ध्वस्त भएका छन् ।
काठमाडौं । श्रीलंकामा ‘दितवा’ नामको तूफानका कारण भिषण वर्षासँगै आएको बाढीपहिरोबाट कम्तिमा १३२ जनाको मृत्यु भएको छ । १७६ जना बेपत्ता छन् ।
यो प्राकृतिक विपत्तीपछि राष्ट्रपति अनुरा कुमारा दिशानायकेले आपतकाल घोषणा गर्दै अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेका छन् । श्रीलंका सरकारले विदेशमा रहेका आफ्ना नागरिकहरुलाई स्वदेश पैसा पठाउन आह्वान गरेको छ ।

















