इटहरीका दुईजना सुन पसले पक्राउ
गैर वित्तीय कारोबार गर्ने दुईजना सुन पसलेलाई इटहरी प्रहरीले पक्राउ गरेको छ । इटहरी ६ स्थित कान्तिपुर गहना भण्डारका संञ्चालक शुबास श्रेष्ठ र दोर्ण श्रेष्ठ पक्राउ परेका हुन् । उनिहरुले गैर कानूनी तबरले करिब २० लाख नगद बचतकर्ताहरु माझ उठाएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
दुबैजनाले बढी ब्याज दिने बाहानामा इटहरीका ६ जना मार्फत २० लाख छयालिस हजार नगद संकलन गरेका थिए ।
प्रहरीका अनुसा...