बालिका बलात्कारको गलत रिपोर्ट दिने दुई डाक्टरलाई जेल सजाय
जनकपुर / जनकपुर अञ्चल अस्पतालका २ जना डाक्टरलाई विशेष अदालत काठमाडौंले बलात्कारको गलत प्रतिवेदन दिनेलाई दोषी ठहर गरेको छ । विशेष अदालतले मंगलबार डा विजयकुमार सिंह र डा रम्भा गोइतलाई दोषी ठहर गरेको हो। विशेष अदालतका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो । विशेषले उनीहरुलाई जनही ६ महिना कैद र २५ हजार जरिवाना गर्ने फैसला गरेको छ । अख्तियार ...










