ओली-प्रचण्डले बोलाएपछि बालुवाटारमा पुगिन् उपसभामुख तुम्बाहाङ्फे

ओली-प्रचण्डले बोलाएपछि बालुवाटारमा पुगिन् उपसभामुख तुम्बाहाङ्फे
उपसभामुख शिवमाया तुम्बाहाङ्फे बालुवाटार पुगेकी छन्। आइतबार मध्यान्ह प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएपछि उपसभामुख तुम्बाहाङ्फे बालुवाटार गएको उनको सचिवालयले जनाएको छ। नेकपा सचिवालय बैठकले शनिबार सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउन उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन लगाउने निर्णय गरेको थियो। सचिवालय बैठकलाई चुनौती दिँ...

प्रदेश ३ को राजधानी र नाम तोक्न मतदान हुँदै

प्रदेश ३ को राजधानी र नाम तोक्न मतदान हुँदै
प्रदेश नम्बर ३ प्रदेश सभाबाट आइतबार औपचारिकरुपमा प्रदेशको नाम र राजधानी तोकिने भएको छ । प्रदेशको नाम वाग्मती र राजधानी हेटौँडा कायम गर्न आइतबार बिहान ९ बजेदेखि मतदान हुँदैछ । प्रदेश सभा गठन भएको झण्डै दुई वर्षपछि प्रदेश ३ ले नाम र स्थायी राजधानी पाउने भएको छ । यसअघि प्रदेश सभाले नाम र राजधानी तोक्न नसकेको भन्दै जनगुनासो आइरहेको थियो । प्रदेश सभामा पनि यसकै विषयमा धेरै कुरा उठ्ने गरेको थियो ।...

पाम आयल निर्यातका लागि पहल गर्न कांग्रेसको आग्रह

पाम आयल निर्यातका लागि पहल गर्न कांग्रेसको आग्रह
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रशोधित पाम आयलको भारत निर्यात सुरु गर्न पहल थाल्न सरकारको ध्यानकर्षण गराएको छ । भारतले पाम आयलको आयातमा रोक लगाएपछि सो सम्बन्धमा कूटनीतिक पहल गरी अन्य मुलुकमा भए पनि निर्यातका लागि सहज वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको हो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति जारी गर्दै प्रशोधित पाम आयलको निर्यात रोकिएपछि उत्पादित पाम आय...

ढकाललाई कानून र बाँस्कोटालाई सहरी विकास मन्त्रालयको जिम्मेवारी

ढकाललाई कानून र बाँस्कोटालाई सहरी विकास मन्त्रालयको जिम्मेवारी
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कानून मन्त्रालय र सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सहरी विकास मन्त्रालयको समेत कार्यभार सम्हल्न थालेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई कानून, न्याय तथा संसदीय मामिला र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई सहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेकी हुन...

पुषकाे चिसाे, कक्षा कोठामा छाता ओढेर पढ्न बाध्य विद्यार्थी

पुषकाे चिसाे, कक्षा कोठामा छाता ओढेर पढ्न बाध्य विद्यार्थी
रोल्पा / चिसो र पानी परिरहेको मौसममा कक्षा कोठाभित्र विद्यार्थी छाता ओढेर बसिरहेका थिए भने शिक्षक पनि छाता ओढेरै पढाइरहेका थिए। पूरानो तथा जीर्ण भवनमा मात्र नभई नयाँ भवनमा समेत जस्ताबाट पानी चुहिन थालेपछि कोठाभित्र छाता ओढ्नुको बिकल्प नरहेको हो। पानी छल्न झोला कुनामा राखेर छाता ओढेर बेन्चमा बसेका छात्रछात्राहरुको दृष्यले नरमाईलो सन्देश दिइरहेको थियो। विद्यार्थीको बिजोग देखेका प्रअ झक्कु वली...

यौनधन्दामा संलग्न भएको आरोपमा बलिउड अभिनेत्री पक्राउ

यौनधन्दामा संलग्न भएको आरोपमा बलिउड अभिनेत्री पक्राउ
बलिउड अभिनेत्री अमृता धनोआलाई मुम्बइ पुलिसले गोरेगांवको उक होटलबाट पक्राउ गरेको छ । अमृतालाई पुलिसले छापा मार्ने क्रममा मुम्बइको फाइभ स्टार होटलबाट पक्राउ गरिएको हो । उनीसँगै स्ट्रगलिङ अभिनेत्री ऋचा सिंहलाई पनि पक्राउ गरिएको छ । उनीहरुलाई अवैध यौनधन्दाको अभियोगमा पक्राउ गरिएको हो । पुलिसलाई आफ्नो स्रोतबाट यहाँ अवैध यौनधन्दा चलिरहेको खबर आएपछि छापा मारेको थियो । पुलिसले नक्कली ग्रहक बनेर उनीह...

महाधिवेशनको मिति परिवर्तन नगर्ने देउवाको प्रष्टिकरण

महाधिवेशनको मिति परिवर्तन नगर्ने देउवाको प्रष्टिकरण
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको मिति अब परिवर्तन गर्न नसकिने बताएका छन् । १४ औं महाधिवेशनको मिति हेरफेर हुन नसक्ने जानकारी देउवाले असन्तुष्ट समूहका जिल्ला सभापतिहरुलाई बताएका हुन् । संस्थापन इतर समूहले बोलाएको परामर्श बैठकमा सहभागी हुन काठमाडौं पुगेका कांग्रेसका ५२ जिल्ला सभापतिहरुसँगको भेटमा उनले यस्तो बताए । देउवा निवास बूढानीलकण्ठमा भएको भेटमा देउवाले पार्टीलाई ...

मेलम्चीको काम चाँडो सम्पन्न गर्न मन्त्री मगरको निर्देशन

मेलम्चीको काम चाँडो सम्पन्न गर्न मन्त्री मगरको निर्देशन
काठमाडौं  / खानेपानीमन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजनाको कामलाई जतिसक्दो चाँडो सक्न निर्देशन दिएकी छिन् । बुधबार मन्त्रालयमा आयोजित मेलम्ची खानेपानी आयोजनाको कामको पछिल्लो प्रगति अवस्थाबारे छलफलमा मन्त्री मगरले सरकारले तोकेअनुसार निर्धारित समायभित्रै मेलम्चीको खानेपानी काठमाडौँ ल्याउने गरी कामलाई तीव्र गतिमा अगाडि बढाउन निर्देशन दिएकी हुन् । मन्त्री मगरले मुहान र सुरुङसम्बन्धी कामलाई...

दिनहुँ भेटिन्छन् ओली–प्रचण्ड, भेटिँदैनन् सभामुखका उम्मेदवार

दिनहुँ भेटिन्छन् ओली–प्रचण्ड, भेटिँदैनन् सभामुखका उम्मेदवार
काठमाडौँ / संघीय संसद्को नयाँ सभामुखको उम्मेदवार चयनमा सहमति जुटाउन नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच दिनहुँ भेटघाट भए पनि सहमति जुट्न सकेको छैन । यस पुस ४ गतेबाट नयाँ सभामुखको उम्मेदवारको टुंगो लगाउन अध्यक्षद्वयबीच बारम्बार भएको छलफल सार्थक बन्न नसकेको हो । सहमति जुटाउन अध्यक्षद्वय ओली र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा दिनहुँ छलफल भए पनि आ–आफ्न...

अमेरिका–इरान द्वन्द्व : नेपालीलाई फिर्ता ल्याउन पहल थालियो

अमेरिका–इरान द्वन्द्व : नेपालीलाई फिर्ता ल्याउन पहल थालियो
काठमाडौँ / अमेरिका र इरानबीचको द्वन्द्व चर्किएपछि नेपाल सरकारले इराक र इरानमा रहेका नेपालीको सुरक्षालाई ध्यान दिँदै स्वदेश फिर्ता ल्याउन पहल थालेको छ । इरानका जर्नेल कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीचको सम्बन्धमा झन् तिक्तता बढ्दै गएको छ । मङ्गलबार इरानले इराकस्थित अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र आक्रमण गरेपछि अवस्था झन् तनावपूर्ण बन्दै गएको छ । दुई देशबीच युद्ध भएका खण्डमा इरान ...